मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(83 votes, avg 1.00/5.00)
Text size:-
+
-

निखिल 'राधे'बन्दा सञ्चिता 'राधा', फिल्मी नाममा पारिवारिक संयोग !

फिल्मीखबर, काठमाडौं, 2016/05/23
नेपाली परम्परा अनुसार पति र पत्निको नाम प्रातः मिल्दोजुल्दो बनाइन्छ । भने कतिपय ठाउँमा काममा पनि यो प्रकारको संयोग जुट्छ । 
 
पछिल्लो पटक नेपाली फिल्मका दुई स्टार कलााकरमा यस्तै संयोग जुटेको छ कि, पति निखिल उप्रेती 'राधे' नामको फिल्मको तयारीमा रहँदा पत्नि सञ्चिता लुईंटेल 'राधा' फिल्मको सुटिङमा व्यस्त छिन् । 
 
तर एउटै फिल्ममा भने यो संयोग जुटेको हैन् । सुशिल पोखरेलको फिल्म 'राधे' निखिल लिड रोलमा रहनेगरी बन्दैछ भने योगेश घिमिरेको फिल्म 'राधा' महिलाप्रधान फिल्म हो  । पुर्वमा छायाँकनरत यो फिल्ममा सञ्चिताले जीवन लुईंटेलसँग जोडी बाँधेकी छिन् । 
 
एउटै परिवारका यी सदस्य लामो समयदेखी स्कृनमा भने सँगै देखिएका छैनन् । नेपाली दर्शकमाझ यो जोडी लोकप्रिय मानिन्छ । कथाले माग्दैगर्दा दुबै जना एकसाथ पर्दामा देखिनसक्ने प्रतिक्रिया भने निखिल र सञ्चिता दुबैले राख्छन् । 
 
असारपछि फ्लोरमा जाने निखिल लिड रोलमा हुने 'राधे'लाई जगदिश्वर थापाले निर्देशन गर्नेछन् ।