मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

समलिंगी बने अक्षयकुमार !

एजेन्सी, मुम्बई, 2016/05/22
अभिनेता अक्षय कुमार समलिंगी बनेका छन् । वास्तविक जीवनमा होइन कि उनले रोहित धवनको नयाँ फिल्म ‘ढिसुम’मा समलिंगीको चरित्र निर्वाह गरेका हुन् ।
 
केही साताअघि रिलिज भएको ‘कपुर एन्ड सन्स’मा फवाद खानले समलिंगी चरित्र निर्वाह गरेका थिए । त्यसबाट उनले निकै तारिफ पाएका थिए । अब भने एक्सन स्टार अक्षय कुमारलाई गे भएको हेर्न पाइने भएको छ । 
 
जोन अब्राहम, वरुण धवन र ज्याक्लिन फर्नाडिस मुख्य भूमिकामा छन् । निर्देशक रोहितसँगको निकटताका कारण अक्षयले सो भूमिका स्वीकारेको बताइन्छ । 
 
त्यसो त नेपालमा पनि महानायक राजेश हमाल तेस्रो लिङ्गी बनेर अभिनय गरेपछि पछिल्लो पटक चर्चामा रहे । हमालको फिल्म 'शकुन्तला' भदौमा रिलिज हुँदैछ ।