Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिहेको बारेमा मुख खोले सलमान र लुलियाले

एजेन्सी, मुम्बई, 2016/05/22
पछिल्लो हप्ता बलिउड सुपरस्टार सलमान खानको बिहेको खबरले मिडिया राम्रैसँग ततायो । तर यो विषयमा सलमान र उनकी प्रेमिका लुलिया वन्तुरले मिडियमा माझ बल्ल मुख खोलेका छन् । 
 
बलिउड मिडियाहरुले सोधेको प्रश्नमा सलमानले मिडियामा आएको खबरलाई झुटो बोलेका छन् । बिहेको कुरा आप्नो व्याक्तिगत विषय भन्दै जहिले बिहेको लागी मनस्थिती बन्छ त्यो समयमा नै आफुले बिहे गर्ने फन्नी उत्तर सलमानले दिए । 
 
मिडियाला आएको कुरामा सत्यता नभएको दाबी गरेका सलमानले व्याक्तिगत कुरामा धेरै हल्ला फैलाईएको भन्दै आश्चर्य समेत व्यक्त गरेका छन् । यसअघि सलमानले जन्मदिनको अबसरमा डिसेम्बरमा बिहे गर्ने  समाचार मिडियामा भाईरल बनेको थियो । 
 
यस्तै सल्लु प्रेमिका लुलियाले ईन्ष्ट्राग्राममा पोस्ट सेयर गर्दै यसअघि नै आफ्नो बिहे भएको भन्ने खबरलाई झुटो भनेकी छिन् । उनले आफुले अहिलेसम्म बिहे नगरेको र तत्काल बिहे हुने नहुने समेत फाईनल नभएको भन्दै मिडियाले डिभोर्षी भनेकोमा दुःख पोखेकी छिन् ।
Most Visited News (monthly)