Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'गाँठो' भदौ ३१ मा फुकाउने गरि पोस्टर र शिर्ष गीत सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2016/05/22
 
सुरज भुषाल निर्देशित फिल्म ‘गाँठो’ अब भदौ ३१ मा रिलिज हुने भएको छ । यसअघि भदौ २४ लाई तोकिएको रिलिज फरबदल गर्दै निर्माण टिमले फिल्मको रिलिज एक हप्ता पर सारेको हो । 
 
 
 शनिबार आयोजित प्रेसमिटमा थीम सङ (शीर्ष गीत)  र पात्र पोस्टर सार्वजनिक गरियो ।  जहाँ हरेक पात्रको परिचय गराइएको छ ।  
 
 
 फिल्ममा नाजिर हुसेन, नम्रता श्रेष्ठ र अभय बराल मुख्य भूमिकामा छन् । सम्बन्धलाई केन्द्रिय द्धन्द्ध बनाइएको सिनेमा नम्रताको डेब्यु प्रोजेक्ट हो । अभय र नाजिरलाई दुई परस्पर प्रेमी पात्रको रुपमा स्थापना गरिएको छ । 
 
 
थीम सङलाई अनुपम शर्माले संगीत र स्वर दिएका छन् । मानवीय सम्बन्धको जटिलता गीतको मर्म हो । ‘पात्रमा डुब्न इफोर्ट गरेकी छु । नाजिर, अभय र सुरजजीको सहयोगले डेब्यु कलाकार महसुस भएन’ नम्रताले संक्षिप्त प्रतिक्रिया दिइन् । 
 
 
डेब्यु निर्देशन मौनमा स्थापित अभिनेत्री नम्रता श्रेष्ठलाई लिएका सुरजले गाँठोमा नाम मिल्ने नयाँ नम्रतालाई लिएर चलाखी अपनाएका छन् । गाँठोमा डेब्यु एक्ट्रेस नम्रतालाई मनोविज्ञान विषयकी छात्राको रुपमा प्रस्तुत गरिएको छ । 
 
मौन र होस्टेल रिटन्र्स निर्देशन गरिसकेका भुषालको यो तेस्रो प्रोजेक्ट हो । 'गाँठो'लाई आशातित फिल्मको दर्जामा राखिएको छ ।
 
फिल्मले पेन्टिङ (पानीचित्र) प्रतिस्पर्धा समेत गर्ने भएको छ । विद्यालय, कलेज र खुल्ला स्तरिय प्रतिस्पर्धामा सबैले आफ्नो भावना व्यक्त गर्न पाउने आशा निर्माण कम्पनी बटवाल इन्टरटेनमेन्टको छ । 
 
नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानको ध्वनी रहेको फिल्ममा अरुणा कार्की र ध्रुव कोइरालाको समेत मुख्य अभिनय छ । प्रतीक गुरुङसँग मिलेर निर्देशक सुरजले पटकथा लेखेका हुन् ।
Most Visited News (monthly)