Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रधानमन्त्रीले शो गरे 'वुद्ध वर्न ईन नेपाल' पोस्टर, सहयोगको प्रतिवद्धता

फिल्मीखबर, काठमाडौं, 2016/05/20
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'वुद्ध वर्न ईन नेपाल' को विशेष प्रदर्शनी बिहिबार साँझ राजधानीमा आयो । २५६० औं वुद्ध जयन्तीको  अबसर पारेर आयोजित वुद्ध जयन्ति सम्मेलनमा उपस्थित नेपालसहित विभिन्न देशका वुद्ध धर्मालम्वीहरुको माझ यो फिल्म देखाईएको हो । 
 
 
कार्यक्रम यसकारण बिशेष बन्यो जब प्रधानमन्त्री केपी शर्मा ओलीले  आफ्नो हातबाट समारोहमा फिल्मको पोस्टर सार्वजनिक गरे । त्यसो त फिल्मको पोस्टरमा नेपाल सरकारको पनि लोगो राख्न सरकारले स्विकृति दिएको र राष्ट्रियताको विषय बोकेको फिल्मलाई सहयोगको बचन आएको निर्माता समेत रहेका रमित ढुङ्गानाले बताए । 
 
पोस्टर सार्वजनिक गर्दै ओलीले सक्दो सहयोगको वचल दिए भने नेपालसहित विश्वभर नै यो फिल्म प्रदर्शन गर्न आग्रह समेत गरे, यसमा पनि आफ्नो सहयोग रहने उनको भनाई थियो । 
 
ज्ञानेन्द्र उेउजा निर्देशित फिल्म नेपाल र अमेरिकामा छयाँकन गरिएको छ । 'वुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश बोकेको फिल्मलाई केहि आशाको रुपमा लिईएको छ । 
Most Visited News (monthly)