Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकमाझ 'होमवर्क' र 'वुद्ध वर्न इन नेपाल'

फिल्मीखबर, काठमाडौं, 2016/05/20
 
फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन । निरक पौडेल निर्देशित 'होमवर्क' र ज्ञानेन्द्र देउजा निर्देशित 'वुद्ध वर्न इन नेपाल' । 
 
'होमवर्क'
गोपिकृष्ण मुभिजले निर्माण गरेको यो फिल्मले सिक्षाको महत्व दर्शाउँछ । फिल्ममा आर्यन सिग्देलको दोहोरो भुमिका समावेश छ । भने उनीसँगै नम्रता श्रेष्ठ, गौरी मल्ल र जिबी तिमिल्सिना लिड रोलमा छन् । 
 
रिलिजको पुर्व सन्ध्यामा बिहिबार गरिएको प्रिमियरबाट 'होमवर्क'ले मिश्रित प्रतिक्रिया पाएको छ ।
 
'वुद्ध वर्न इन नेपाल'
विश्वका धेरै ठाउँमा गरिएको  गलत प्रचारलाई प्रहार गर्दै गौतम वुद्ध नेपालमै जन्मेका हुन भन्ने सन्देश र दृढता बोकेको फिल्म रमित ढुङ्गाानको लगानीमा बनेको हो । फिल्ममा नेपाल र अमेरिकाका दृश्यहरु समावेश छन् ।
 
रमित ढुङ्गानासँगै आशिष्मा नकर्मी, मिथिला शर्मा तथा अमेरिकन कलाकारहरुले समेत अभिनय गरेको फिल्म नेपाल सरकारले पनि गौरवको रुपमा लिईसकेको छ ।
Most Visited News (monthly)