'म भएँ पागल....' उल्लेखित लाईन् यो हप्ता रिलिज हुने फिल्म 'के म तिम्रो होईन् र' को पछिल्लो पटक सार्वजनिक गीतबाट लिईएको हो । रिलिजको दुई दिन पहिले निर्देशक आकाश अधिकारीले 'स्यड भर्सन' को फिल्ममा समावेश गीत सार्वजनिक गरेका हुन् ।
गीतमा केहि पीडा भावमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री मरिष्का पोखरेललाई देख्न सकिन्छ । रिलिजको संघारमा पाईरहेको तारिफ अनि हाईपले फिल्मलाई सफलताको केहि आशा जागिरहँदा सार्वजनिक गीतमा स्वर प्रताप दासको छ भने शब्द संगीत निर्देशक आकाश अधिकारीको नै छ ।
गीतमा रेनशा वान्तवा राई र वसन्त श्रेष्ठको कोरियोग्राफी समावेश छ । सुरेश अधिकारी निर्माता रहेको फिल्ममा आर्यन र मरिष्कासँगै गौरी मल्ल लिड रोलमा छिन् । यो शुक्रबार फिल्म देशभरका ७० बराबर हलमा एकसाथ प्रदर्शन हुने बताईएको छ ।

