जेठ २८ बाट रिलिजको तयारीमा रहेको फिल्म 'गाजलु' मार्फत नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले पहिलो फिल्ममा नै हिट अभिनेता अनमोल केसीसँग जोडी बाध्न पाईन् । अनमोलसँगको अभिनय जोडेर अनि डेब्यू फिल्मसँग जोडेर उनको चर्चा र तारिफ हुँदै गर्दा सृष्टिले भने अर्का अभिनेता सौगात मल्लसँग स्कृन सेयर गर्ने ईच्छा व्यक्त गरेकी छिन् ।
फिल्मीखबरसँगको 'गाजलु' संवादमा सोधिएको अनमोलपछि अब नेपालका कुन कलाकारसँग स्कृन सेयर गर्ने ईच्छा छ भन्ने फरक प्रसंगमा सृष्टिले पहिलो नम्वरमा सौगातको नाम लिईन् ।
सौगातको अभिनय कलाले आफु प्रभावित रहेको बोलेकी सृष्टिले सौगातको अभिनय कक्षामा समेत सहभागी भएको खुलाईन् ।
पहिलो फिल्मको रिलिजलाई लिएर केहि उत्साहित र नर्भस बनेको भन्ने सृष्टिले 'गाजलु'मा गरेको मेहनतको प्रतिफल फिल्म हलमा आएपछि दर्शकबाट पाउने आशा व्यक्त गरिन् । एकल प्रयासमा भन्दा पनि टिमवर्ककै कारण 'गाजलु' राम्रो बनेको दाबी सृष्टिको छ ।

