नेपालका फिल्मसँग जोडेर वितरण गरिने अवार्डको आयोजना हुनु नयाँ होईन् । नेपाली फिल्म सम्बन्धी अवार्डहरु पछिल्लो समय देश तथा विदेशमा हुने क्रम चलिरहँदा अर्को अवार्ड समारोह थपिने भएको छ ।
कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघले पहिलो 'फान' (चलचित्र कलाकार संघ) अवार्ड आयोजना गर्न लागेको हो । राजधानीमा आयोजित एक कार्यक्रका बीच अवार्ड आयोजनाको औपचारिक घोषणा गरियो । अवार्डको मुख्य प्रायोजकमा 'कि एडभरटाईजिङ' मातहतको 'कि ईन्टरटेन्मेन्ट' रहेको छ ।

कलाकार संघ र 'कि' को तर्फबाट अध्यक्ष क्रमशः रामकेशर बोगटी र शशी रिजालले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर पनि गरे । 'कि' ले लगातार तीन बर्षसम्मको लागी अवार्डमा मुख्य प्रायोजन गर्नेछ ।

कार्यक्रममा बोल्दै बरिष्ट कलााकर नीर शाहले कलाकार संघलाई सबैको संघ भन्दै यो अवार्ड समारोहले कलाकारितामा अर्को ईतिहास रच्ने दाबी गरे । त्यस्तै अवार्ड संयोजकको जिम्मा पाएका बरिष्ट कलाकार कृष्ण मल्लले पनि शभ्य, भब्य र मर्यादित रुपमा अवार्ड समापन गर्नु नै आफुहरुको पक्ष्य रहेको बोले ।
असार १८ गते काठमाडौंमा आयोजना हुने अवार्ड समारोहमा २१ विधा समावेश छन् भने एक जना कलाकारिता क्षेत्रका हस्तिलाई १ लाख ११ हजार १ सय १ रुपैयाँसहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिने आयोजकले बताएको छ ।

