Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

दिपक दिपाको 'छक्का पञ्जा' रिलिज मिति तय

फिल्मीखबर, काठमाडौं, 2016/05/10
अभिनेत्री तथा हाँस्य कलाकार दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार फिल्म 'छक्का पञ्जा' ले अफिसियल रिलिज मिति तय गरेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार यो फिल्म आउँदो भदौको २४ गते रिलिज हुनेछ । 
 
 
दशैंको छेकोमा प्रदर्शन गर्ने अनु भदौ १७ मा आउने चर्चाका बीच फिल्म अन्ततः भदौ २४ मा आउने पक्का भएको छ । फिल्म अहिले पोष्ट प्रोडक्शनमा छ ।
 
दिपकराज गिरी, दिपाश्री र निर्मल शर्माको लगानी समावेश फिल्म कमेडी जनरामा छ । फिल्ममा प्रियंका कार्की, दिपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, केदार घिमिरे लगायत अभिनयमा छन् ।
Most Visited News (monthly)