Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा थापा र रेशम फिलिलीका हरियाबीच टिमअप

फिल्मीखबर, काठमाडौं, 2016/05/10
सिंगल थिएटरकी वक्सअफिस किङ मानिने स्टार अभिनेत्री रेखा थापा र पछिल्लो पटक गत बर्ष रिलिज 'रेशम फिलिली' फिल्मबाट उदाएका अभिनेता कामेश्वर चौरासिया एउटै फिल्ममा देखिने पक्का भएको छ । यसअघि आफ्नो भन्दा बाहिरको व्यानरमा काम गर्दिन बोलेकी रेखाले यो फिल्म गर्नलागेको पुष्टि गरिन् । 
 
 
निर्मात्री कृषा चौलागाइले बनाउन लागेको यो फिल्ममा संयोमा भने सिंगल स्कृन र मल्टिप्लेक्सको फ्युजन हुने देखिएको छ । कामेश्वर मल्टिप्लेक्समा रुचाईएका कलाकार हुन् भने रेखा सिंगल स्कृनकी किङ । त्यसैले पनि फिल्म राम्रो बन्दैगर्दा 'पलाँस' नामको फिल्मले वक्सअफिसमा हंगामा ल्याउनसक्छ ।
 
जेठ १ गतेबाट छायांकनमा जाने भनिएको फिल्मलाई सुवास कोईरालाले निर्देशन गर्नेछन् । ‘रेशम फिलिली’चलेपछि कमेडी फ्लेभरका कामेश्वरको चर्चा खुबै भएको थियो । तर यो फिल्ममा रेखा र उनको केमेष्ट्री कस्तो रहने भन्ने पनि खुलाइएको छैन ।
 
सुसन प्रजापतिको छायांकन रहने फिल्ममा अर्जुन पोख्रेलको संगीत रहनेछ । 
Most Visited News (monthly)