मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'प्रेमगीत' फ्लेभरमा 'लुकामारी'को गीत, कोरियोग्राफर हुन् एउटै (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/09
आसार १० मा रिलिज हुने फिल्म 'लुकामारी'को गीत सार्वजनिक भएको छ । सार्वजनिक 'प्रस्ताव' शिर्षकको गीतको भिडियो भने केहि महिना पहिले रिलिज 'प्रेमगीत' बाट प्रभावित जस्तो भेटिन्छ । 
 
 
 
प्रेमगीत को शिर्ष गीत 'म यस्तो गाउँछु' बोलको गीत र 'लुकामारी'को सार्वजनिक गीतमा केहि स्टेपहरु उस्तै दोहोर्याईएको छ । घोडाको प्रयोग अनि जङ्गलको लोकेशन पनि उस्तै देखाईएको छ जहाँ सेट मात्र फरक भेटिन्छ ।
 
दुबै गीतमा कोरियोग्राफी रेनशा वान्तवा राईको रहेकोले पनि उनकै गीतको झल्को दोहोरिएको हुनसक्ने अनुमान छ । सार्वजनिक गीतमा 'स्लो' म्युजिक प्रयोग गरिएको हुँदा पनि दर्शकलाई एकै प्रकारको सेटअप भान भएको हो । 'प्रेमगीत'बाट प्रभावित भएको भन्नेसम्मको प्रतिक्रिया पनि गीतप्रति दर्शकले व्यक्त गरिसकेका छन् ।
 
 
सार्वजनिक गीतमा स्वर प्रविशा अधिकारी र विकास शिलवालको छ । सौगात मल्ल, सुरविना कार्की, कर्मा लिड अभिनयमा रहेको फिल्मलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् । 
 
माथी हेर्नुहोस दुबै गीत