मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल बिनै `ग्याङ्गस्टार ब्लुज` घोषणा, हिरोईन भने उनकै !

बैकुण्ठ पराजुली, काठमाडौं, 2016/05/04
युवा स्टार अनमोल केसीले अभिनय गर्ने चर्चाका बीच उनी बिना नै फिल्म 'ग्याङ्गस्टार ब्लुज'को कलाकार सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको छ । बिसी मोसन पिक्चर्सको व्यानरमा बन्ने फिल्मलाई हेमराज बिसीले निर्देशन गर्नेछन् । 
 
 
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक बिसीले फिल्मका चार जना लिड कलाकार सार्वजनिक गरे । अनमोल केसी खेल्ने भनिएको फिल्ममा उनको स्थानमा आशिरमान देशराज श्रेष्ठ आएका छन् । आशिरमानले यसअघि 'सायद २' फिल्म छाडेको भन्ने समाचारबाट चर्चा पाएका थिए । 
 
त्यस्तै यो फिल्ममा लिड अभिनेत्रीमा निर्देशक हेमराजबाट नै अनमोलको अपोजिटमा 'जेरी' फिल्मबाट डेब्यू पाएकी आना शर्मा रहनेछिन् भने गौरम पहारी र प्रशान्त ताम्राकार पनि लिड अभिनयमा रहनेछन् । 
 

 
कार्यक्रममा मिडियामाझ निर्देशक बिसीले अनमोलको समय नमिलेको कारण अभिनयमा नअटाएको दाबी गरे । करिब ७ महिनापछि मात्रै फ्लोरमा जाने भनिएको फिल्मले तराई भेगको कथा बोल्नेछ । 
 
अहिलेका युवाहरु कसरी 'ग्याङ्गस्टार' बन्छन् र त्यो पश्चात उनीहरुको जीवनमा कस्ता परिवर्तन आउँछन् अनि ग्याङ्गस्टार बने पश्चात उनीहरुको जीवनमा पर्ने प्रभाव फिल्मले बोल्ने निर्देशक बिसीले सुनाए । 
 
फिल्मबाट 'सम्बोधन' निर्माता सरोज न्यौपाने र निर्देशक बिसीको पुनः टिमअप भएको छ । सरोज निर्माता रहेको यो फिल्ममा कार्यकारी निर्माताको रुपमा मनिष पण्डित छन् ।
 
कार्यक्रममा कलाकरहरुले आफ्नो आफ्नो पात्रको बारेमा समेत मिडियामाझ खुलेका थिए । भने निर्माता सरोजले हेमराज बिसीसँग आफ्नो 'ट्युनिङ' मिलेकै कारण पुनः निर्देशकमा दोहोरिएका बताए ।