मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सलमानसँग रजनिकात्न भिड्ने, 'सुल्तान' रिलिज हुनेछैन सहज

एजेन्सी, मुम्बई, 2016/05/03
नेपालमा मात्र होईन बिदाको छेकोमा बलिउडमा पनि फिल्म रिलिजको लागी उस्तै भिडन्त पर्छ । तर सुपरस्टारहरुले भने सोलो रिलिज पाउँछन् । यानेकी उनीहरुको फिल्म आउँदा अरु निर्माता फिल्म भिडाउन तयार हुँदैनन् । 
 
यो पटकको ईदमा पनि बलिउडका दुई किङ सलमान खान र शाहरुख खान भिड्ने चर्चाबीच शाहरुख 'रईज' रिलिजबाट पछि हटे । तर सोलो रिलिजको चर्चामा रहेको सलमानको 'सुल्तान'को यात्रा सहज नहुने देखिएको छ । 
 
साउथ सुपरस्टार रजनिकान्तको फिल्म 'काबेली' पनि ईदमा आउने संभावना बढेसँगै सल्लुका फ्यानहरुलाई तनाब थपिएको हो । केहि दिन पहिले रिलिज 'काबेली' टिजरले ब्यापक चर्चा र तारिफ पाईरहेको छ । त्यसैले पनि यो फिल्म आएमा सलमानलाई पक्का सहज हुनेछैन् । 
 
'सुल्तान'को पनि चर्चा चुलिँदो छ । सार्वजनि कटिजर र पोस्टरले तारिफ भेटिरहेको छ । तर 'काबेली'सँग भिडन्त भएमा सलमानले भन्दा बढि पर्दा यो फिल्मले पाउने देखिन्छ । त्यसैले बक्सअफिसमा पुनः ओपनिङ रेकर्ड राख्ने आशा गरिएको सलमानको 'सुल्तान'लाई सानो धक्का लाग्नेछैन् । 
 
त्यसो त पछिल्लो पटक पनि 'बजरंगी भाईजान' रिलिज हुँदा बक्सअफिसमा दोश्रो हप्तामै भएपनि चर्चित फिल्म 'बाहुबली'ले राम्रै धक्का दिएको थियो । 'सुल्तान'मा सलमानसँगै अनुष्का शर्मा लिड रोलमा छन् ।  फिल्म ईदको छेकोमा ६ जुलाईमा रिलिज हुनेछ ।