मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थाहा पाउनुस् `के म तिम्रो होईन र` को मुख्य खुराक

फिल्मीखबर, काठमाडौं, 2016/05/03
निर्देशक आकाश अधिकारी भन्छनः बैशाख ३१ रिलिज फिल्म ‘के म तिम्रो होइन र’बाट नकारात्मक समिक्षा आउछ भन्ने लाग्दैन् ।' आफ्नो चौधौ फिल्मको रुपमा प्रेमकथाको यो फिल्म बनाएका उनले यो फिल्मलाई माया गर्नेहरु सबैको लागी आफ्नो गिफ्ट बोले ।
 
यो फिल्मबाट आर्यन अधिकारी र मरिष्का पोख्रेल फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । त्यस्तै ३० कटेपछि बल्ल फिल्ममा आएकाआर्यन पनि ढिलो नभएको बताउँछन् । यो क्षेत्रमा आउनुभन्दा अगाडि आफूले अध्ययन पनि गरेको भन्दे आर्यन डेब्यू प्रोजेक्टबाटै उत्साहित देखिएका छन् ।
 
वैशाख ३१ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै चर्चा त छ नै आशा पनि धेरैले गरेका छन् । फिल्मसँग जोडिएर आएका प्रतिक्रिया यहि बोल्छन् । त्यस्तै चलचित्रमा आफू बब्ली क्यारेक्टरमा देखिएकी अभिनेत्री मरिष्का पोख्रेल काम राम्रो गर्ने र दर्शकको मन जित्ने योजनामा रहेको बताउँछिन् ।
 
मरिष्का चलचित्रमा आवद्ध हुनुभन्दा अगाडि केही यूवतीहरु अडिसनका लागि आएका थिए । तर, जब मरिष्का अडिसन दिएर फर्किइन्, निर्देशक आकाश अधिकारी खुशी देखिए । कारण, उनलाई मरिष्का आफ्नो फिल्मको लागी फिट पात्र लागेको अनुभुती भयो । त्यसैको प्रतिफल दर्शकमाझ अबको केहि दिनमा सार्वजनिक हुँदैछ । 
 
विशेषगरि, आर्यन र मरिष्काको प्रेम, आर्यनको धमकेदार एक्सन र गीतसंगीतका कारण ‘के म तिम्रो होइन र’ चर्चामा छ । 
 
ट्रेलर सार्वजनिकसँगै  बलिउडका टाईगर श्राफको नेपाली उपमा पाएका आर्यनले कस्तो काम गरेका छन् अनि मरिष्का र निर्देशकको बचनले दर्शकलाई कति न्याय गर्छ त्यो भने रिलिजपछि नै थाहा हुनेछ ।