Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोहोरो भुमिकामा आर्यन, हेर्नुहोस उनको बृद्ध र युवा अबतार (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/03
जेठ ७ मा रिलिज हुने अभिनेता आर्यन सिग्देलको विल्कुलै फरक अबतार समावेश फिल्म 'होमवर्क'को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आर्यनको दोहोरो भुमिका समावेश छ । 

ट्रेलरले फिल्मला आर्यनलाई आफ्नै दुई अबतारमा बाबु र छोराको रुपमा देख्न पाईने बताईसकेको छ । ट्रेलरमा अभिनेत्री नम्रता श्रेष्ठको भने छोटो अनि एक मात्र संवाद समावेश छ । 
 
गोपिकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्देसन गरेकोा फिल्ममा उद्धव पौडेल र निकिता पौडेल निर्माताको रुपमा छन् । यो फिल्मला आर्यन र नम्रतासँगै गौरी मल्ल पनि लिड रोलमा छिन् ।
 
हेर्नुहोस ट्रेलरः
Most Visited News (monthly)