मिति : २०८१ वैशाख २९, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`राधा`मा जीवन र संचिताको जोडी

फिल्मीखबर, काठमाण्डौ, 2016/05/02
निर्देशक योगेश घिमिरेले नयाँ फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् । 'राधा' नाम राखेर बनाउन लागिएको फिल्ममा संचिता लुइँटेल र जीवन लुइँटेलको मुख्य अभिनय रहने पक्का भएको छ । यसअघि म्युजिक भिडियोमा अभिनय गरिसकेको यो जोडी फिल्ममा भने पहिलो पटक देखिने भएको छ ।  
 
प्राय: जीवन र नीता ढुंगानालाई आफ्नो फिल्ममा जोडी बाँध्दै आएका योगेशले यसपटक नीतालाई छोडेर संचितालाई लिएका हुन् । फिल्ममा निता भन्दा सञ्चिता फिट हुने भएकाले यस्तो निर्णय लिएको निर्देशकको भनाई छ । नारी केन्द्रित कथा रहेको उक्त फिल्मको छायाँकन बैशाख २२ गतेदेखि सुरु हुँदैछ ।
 
 
'राधा'को स्क्रिप्ट प्रदीप भारद्धाले लेखेका हुन् भने छायाँकन पुरुषोत्तम प्रधानको रहनेछ । संगीत बसन्त सापकोटाले दिनेछन् भने कोरियोग्राफीको जिम्मा कविराज गहतराजले र एक्सनको जिम्मा हिमाल केसीको पोल्टामा परेको छ ।
 
दिईएको जानकारी अनुसार 'राधा'को छायाँकन पूर्वको ईलामदेखि सिक्किमसम्म हुनेछ । आउँने दसैको छेकोमा रिलिज लक्ष्य राखिएको उक्त फिल्मलाई रियल मोसन पिक्चर्सको ब्यानरले निर्माण गर्न लागेको हो जसको लगानीकर्तामा विश्वमणी दाहाल र सुशिल कार्की छन् ।
 
पछिल्लो समय 'नोटबुक' र 'भूलभुलैया' निर्देशन गरेका योगेशले 'राधा' आफ्ना अघिल्ला फिल्मभन्दा उच्चस्तरको बन्ने दाबी गरे । फिल्म मेकिङमा चुनौती थपिदै गएकाले उनले हरेक पक्षलाई ध्यान दिएर फिल्म निर्माण गर्ने बताएका छन ।