मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भदौ १७ मा चार फिल्मको भिडन्त पक्का, आउनसक्छ 'छक्का पञ्जा' पनि

फिल्मीखबर, काठमाडौं, 2016/05/02
कुनै पनि शुक्रबारको छेकोमा पर्ने सार्वजनिक विदा भेट्दैगर्दा निर्माता निर्देशकहरु फिल्म प्रदर्शनको लागी त्यही मिति खोज्छन् । अनि हानालुछ जस्तै हुन्छ ।
 
 
बिगतमा हुने यो होडबाजी यो बर्षपनि हुने निश्चित भईसकेको छ । भदौ महिनामा परेको तीजलाई लक्षित गर्दै अहिलेसम्म चार फिल्मले रिलिज तय गरिसक्दा भिडन्त रोचक बन्ने त छ नै घाटा पनि सबैलाई राम्रै लाग्नेछ । 
 
त्यसो त भदौ १९ गते परेको तीजमा एक दिन मात्र विदा छ, तर तीजको छेकोमा यसअघि रिलिज भएका केहि फिल्म सफल भएको र दर्शक हलमा भरिएको सम्झिँदै शनिबारसहितको मात्र २ दिनको विदालाई तीन निर्माताले आँखा लगाएका छन् । प्रदर्शनको लागी तयार फिल्म हुन्, सञ्चारकर्मी लक्ष्मण सुवेदीको 'लालजोडी' निर्मल शर्माको 'ब्रासलेट', 'दि विनर' अनि 'बृन्दावन' ।
 
'लालजोडी' र 'ब्रासलेट'ले अघिल्लो महिना नै रिलिज मिति तय गर्दा 'दि विनर'ले हिजोमात्रै रिलिज फाईनल गरेर भिडन्तको लागी तयार भयो । सँगसँगै यो मितिमा नै राजबहादुर सानेले निर्देशन गरेको 'बृन्दावन' पनि रिलिज हुने चर्चा छ ।
 
अर्कोतर्फ दशैंमा रिलिज हुने बताईएको फिल्म 'छक्का पञ्जा' पनि भदौ १७ मै रिलिजको लागी निर्माण टिम छलफलमा जुटेको श्रोत बताउँछ । उक्त फिल्ममा निर्माताको रुपमा रहेका निर्मल शर्माले नै निर्देशन गरेको 'ब्रासलेट' पनि यहि मितिमा रिलिज घोषणा भईसक्दा दिपाश्री निरौला र दिपकराज गिरी निर्मल शर्मासँग आन्तरिक छलफलमा समेत बसिसकेको बताईन्छ । 
 
सानो पर्दामा जमेका तथा पछिल्लो पटक लगातार दुई फिल्म हिट दिएका दिपक, दिपाको टिमको 'छक्का पञ्जा' रिलिज भएका अन्य फिल्मको रिलिज अन्यौल हुनसक्छ । तर निर्देशक सुवेदी भने जुनसुकै फिल्म भिड्न आएपनि आफु कुनै हालतमा पछि नहट्ने र 'लालजोडी' भदौ १७ मै रिलिज गर्ने दाबी गर्छन् । 
 
प्रचारको लागी ठुला फिल्मसँग रिलिज भिडाउने अनि अन्तिममा सार्ने गरेका धेरै उदाहरण फिल्म उद्योगमा छन् । त्यसैले यो मितिलाई पनि त्यसैको लागी निर्माताहरुले ताकेका हुन्, या सबै फिल्म रिलिज हुन्छन्, त्य भने समयले बताउनेछ ।