मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

बेल्जियममा दयाहाङ र सौगातको 'लप्पन छप्पन'

फिल्मीखबर, काठमाडौं, 2016/05/02
निर्माण ईजाजत लिने क्रममा नाम जुधेपछि चर्चा पाएको फिल्मको नाम हो,  'लप्पन छप्पन' । अब भने यो चर्चित नामलाई निर्माण टिमले फ्लोरमा लगेको छ । फिल्म पुर्णतः युरोपमा सुटिङ हुनेछ  ।
 
 
फिल्म छायाँकनको लागी गत विहिवार नै निर्देशक मुकुन्द भट्ट र छायाँकार पुरुषोत्तम प्रधान वेल्जीयम पुगेका छन् ।  छायांकनको चाजोपाजो मिलाउन निर्देशक भट्ट र छायांकार प्रधान अरु टिम सदस्य भन्दा पहिले नै बेल्जियम पुगेका हुन् । 
 
फिल्मका कलाकारहरु र अन्य प्राविधिक यसै हप्ता त्यस तर्फ प्रस्थान गर्दैछन् । लप्पन छप्पनमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ र हलिउड अभिनेता अलेक्सजेण्डर रजुनोभको अभिनय रहने छ । साथै नव प्रस्तुतिका रुपमा प्रकाशजंग शाह र शित खरेलले पनि अभिनय गर्नेछन् ।
 
एक्सन थ्रिलर एवं कमेडी भरपुर प्रयोग रहने भनिएलको फिल्ममा द्वन्द्व चन्द्र पन्तको रहनेछ भने संगीत दीपक आरजेको रहने छ ।  डम्बर बहादुर चन्दको निर्माणमा बन्ने फिल्ममा  सह निर्माताको रुपमा इन्द्र प्रसाद खरेल छन भने  कार्यकारी निर्माता सहदेव गौतम र प्रस्तुतकर्ता जानुका कंडेल रहेकी छिन् ।