Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हेटौंडा पुगेर 'चर्खा' घुमाउँदै सुरविना र रजनी

फिल्मीखबर, काठमाडौं, 2016/04/29
चर्खा झट्ट नाम सुन्दा धागो कात्ने मेसिन बुझिन्छ । अब भने यो नाम यतिमा मात्रै सिमित रहेन, 'चर्खा' नाममा नेपाली फिल्म बन्ने पक्का भएको छ ।
 
 
'थ्री लभर्स' बाट नेपाली फिल्ममा लगानी सुरु गरेका तथा पछिल्लो पटक 'फन्को' र 'भाग् सानी भाग्' फिल्ममा लगानी गरेका व्यवसायी सहदेव गौतमले 'चर्खा' निर्माण घोषणा गरेका छन् । बिहिबार हेटौंडामा शुभ साईत गरिएको यो फिल्मको सुटिङ पनि सुरु भईसकेको छ । 
 
 
'सिन्दुर' तथा 'विरासत' जस्ता फिल्म बनाएका गोविन्द गौतमले 'चर्खा'को निर्देशन गर्दैछन् । सहदेवले हेटौडाका युवा ब्यवसायीहरुको सहकार्यमा बनाउन लागेको 'चर्खा'को हेटौडा स्थित भैरबडाडाको पाथीभरा मन्दिरमा शुभसाईत  गरियो । 
 
 
शुभ साईत कार्यक्रम्मा नेपाल उधोग बाणिज्य संघका मध्यामाञ्चल अध्यक्ष अरुणराज सुमार्गीले क्ल्याप ठोक्दा हेटौडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत एवं पुराना निर्माता सुकदेव पोखरेलले क्यामरा अन गरे भने वितरण कंम्पनी एफडीका अध्यक्ष नरेन्द्र महर्जनले नरिवल फुटाएका थिए । त्यस्तै सुभ साईतमा मुर्हत सर्ट निर्देशन भने वरिष्ट पत्रकार प्रताप बिष्टले गरेका थिए । 
 
यो फिल्ममा निर्जन थापा,सुशान्त कार्की,सुरविना कार्की,रजनी केसी र जुनु रिजाल मुख्य भूमिकामा हुनेछन् । फिल्ममा सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केसी लगायतको पनि लगानी रहनेछ । 
 
दिव्य सुवेदीले खिच्ने फिल्ममा द्वन्द्व रोशन श्रेष्ठको रहनेछ भने नृत्य कविराज गहतराजको रहनेछ । फिल्म सामाजिक कथामा बन्ने छ । मानिसको जीवन नै चर्खा रहेको भन्दै निर्देशक गौतमले मानिसको जीवनमा आउने उतारचढावको कथा नै 'चर्खा'को मुल विषयवस्तु रहेको बताए ।
Most Visited News (monthly)