मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माताले नपत्याएपछी जेनिशाले भनिन्, 'चुजी भएकी छु` (भिडियो)

मञ्जु गैरे, काठमाण्डौ, 2016/04/29
देशको परिवर्तनको लागि अबको समयमा देशका हरेक युवा तथा नागरिकहरु सकारात्मक मिशन र एक्सन लिएर राष्ट्र निर्माणको लागि उभिनुपर्छ भन्ने मिशन बोकेको फिल्म 'एक्सन' आगामी जेठ गते देखि प्रदर्शनमा आउने भएको छ।
 

राजु अर्यालको कथा तथा निर्देशनमा बनेको फिल्म 'एक्सन'मा शिव श्रेष्ठ, प्रमोद दिप, जेनिशा केसीको मुख्य भूमिका रहेको छ। यस फिल्ममा अभिनेत्री केसीले आफुलाइ एक्सन गर्लको रुपमा नभएर लभर गर्लको भुमिकामा देख्न सकिने बताउँदै चुजी भएर फिल्म कम गरेको बताईन् । उनी फिल्मका पर्दामा देखिन छाडेपछी पत्रकारको जिज्ञासामा जेनिशाले आफू चुजी भएको प्रतिकृया दिएकी हुन् । 
 
कुनै बेला बिराज भट्टको सिफारिसमा फिल्म खेल्ने गरेकी जेनिशा पछिल्लो समय फुर्सदिली हुंदै आएकी थिईन् । उनले पछिल्लो समय अभिनय गरेर चर्चा पाएको फिल्म 'आधी बाटो' थियो । अहिले उनी निर्देशक तथा निर्माताको नजरमा खासै पर्न सकेकी छैनन् । 
 
फिल्मका निर्देशक राजु अर्यालले एक्सन फिल्म भएकाले दर्शक पनि एक्सन हेर्नकै लागि हलमा आउने दाबी गरे । फिल्ममा कसम गुरुङ, दिनेश घिमिरे, राज थपलिया, बिशाल पहाडी, महेश गिरी, रक्षा गुँरागाई, अभिरुची बुढाथोकी, विक्रान्त तिवारी र प्रकाश लुईटेलको पनि अभिनय रहेको छ।
 
चिरायु फिल्मको ब्यानरमा  बनेको यो फिल्ममा लगानी भने शर्मिला तामाङ् र दिपेन्द्र कोइरालाको रहेको छ।