मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

`हाऊ फन्नी`लाई डेढ करोड !

फिल्मीखबर, काठमाडौं, 2016/04/27

कान्छी महिला निर्देशक निलु डोमा शेर्पाको निर्देशन रहेको फिल्म ‘हाऊ फन्नी’ले ६ दिनमा १ करोड ५० लाखको कारोबर गरेको वितरकले जानकारी दिएका छन् । वितरक सुनिल मानन्धरले काठमाडौंबाट मात्र फिल्मले १ करोड हाराहारीको व्यापार गरेको बताए ।


दर्शकबाट मिश्रित प्रतिक्रिया गरेको फिल्मले सिंगल थिएटर भन्दा मल्टिप्लेक्समा राम्रो कमाई गरिरहेको छ । अहिलेपनि फिल्म  मल्टिप्लेक्समा दुई दर्जन भन्दा बढी शोका साथ चलिरहेको छ । एकै दिन रिलिज भएको फिल्म ‘बाटो मुनिको फूल’बाट कडा टक्करको सामना गरेको फिल्मले अहिलेसम्म गरेको व्यापार सन्तोषजनक हो ।

फिल्म देशभरका ४० भन्दा बढी हलमा चलिरहेको छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी,अनुप बिक्रम शाही, विजय बराल आदि कलाकारको अभिनय रहेको छ । शान बस्न्यातको लेखन रहेको यस फिल्ममा दुइ जासुसको जासुसीलाइ कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।