रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशनमा बनेको फिल्म 'गाजलु' आउँदो जेठ २८ मा रिलिज हुँदैछ । नेपाल रिलिजको दिन गन्ति सुरु हुनै लाग्दा फिल्म सँगसँगै विदेश प्रदर्शनको अधिकार पनि बिक्री भएको छ ।
निर्माता अधिकारीले अष्ट्रेलिया, हङकङ र जापानको लागी फिल्मको प्रदर्शन अधिकार बिक्री भएको बताएका छन् । नेपालीटच नामक संस्थाले महँगो रकममा अष्ट्रेलियाको लागी प्रदर्शन अधिकार आफ्नो पक्षमा पारेको हो । अधिकारीले २१ लाखका फिल्म बेचेको दाबी गरे ।
युवा स्टार अनमोल केसीको क्रेजकै कारण अनि हेमराज निर्देशनमा र लिड अभिनयमा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ जोडिएकै कारण पनि चर्चामा रहेको यो फिल्मलाई विभिन्न देशमा प्रदर्शनको लागी तयारी भईरहेको छ ।
जापान र हङकङको लागी पनि ५-५ लाखको सहमतिमा निश्चित प्रदर्शन अधिकार रोहित फिल्मस् ले बेचेको छ । जानकारीमा आए अनुसार यो फिल्म झण्डै २० बढि देशमा रहेका नेपालीमाझ प्रदर्शित हुनेछ ।