मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'किन लाग्छ माया'अभिनेताले बनाए हिन्दी भाषाको फिल्म

फिल्मीखबर, काठमाडौं, 2016/04/27
लामो समयदेखी अष्ट्रेलियामा रहँदै आएका नेपाली अभिनेता शंकर लामिछानेले हिन्दी भाषामा सर्ट फिल्म 'गहराई'को सिरिज तयार पारेका छन् । पहिलो सिरिज यूट्युब मार्फत सार्वजनिक गर्दै उनले प्रेमकथामा आधारित 'गहराई'का केहि श्रृंखला आउने बताएका छन् ।
 
 
हिन्दी भाषामा तयार फिल्मको बिषयमा लामिछानेले कला र प्रतिभाको कुनै सिमित भाषा नहुने भन्दै जुनभाषामा आएपनि नेपालीको प्रतिभा नै बाहिर आएको जनाए । लामिछानेले सफल नेपाली फिल्म 'किन लाग्छ माया'मा मूख्य भूमिकामा अभिनय गरेका थिए ।
 
त्यसपछि उनि 'ए नेपाली हो' नामक एक भिडियो सामग्रीबाट एकाएक चर्चामा आएका थिए । उनले नेपाली क्रिकेटलाई सम्मान गर्दै गीत, नेपाली लोकसँस्कृतीलाई सम्मान गर्दै विभिन्न तीज गीतहरु तथा हिन्दी गीतहरु समेत गायका छन् । उनले उपन्यासकार बालकृष्ण समको उपन्यास 'बोक्स'मा आधारित चलचित्र 'बोक्सी' लगाएत अन्य केहि नाटकमा काम गरेका छन् ।
 
 'गहराई'लाई लामिछानेले नै लेखन तथा निर्देशन गरेका हुन् । 'गहराई'मा शंकर लामिछानेको साथमा अनिता सुरवित, गिता चन्द्र लामिछाने, आरके अदिप्त गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । कुश्माज इन्टरटेन्मेन्टले बनाएको चलचित्रलाई नेत्र गुरुङ्ले छायांकन तथा सम्पादन गरेका छन् ।