मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

करोड क्लबमा 'बाटो मुनिको फूल २'

फिल्मीखबर, काठमाडौं, 2016/04/27
गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बाटो मुनिको फूल २'ले पहिलो हप्ताको प्रदर्शन चलिरहँदा करोड बढिको विजनेस गरेको छ । फिल्मका वितरक तथा हल सञ्चालकहरु बाट प्राप्त रिपोर्ट अनुसार फिल्मले १ करोड बढिको विजनेस गर्न सफल भयो ।
 
 
पहिलो तीन दिनमा मात्रै फिल्मले ९५ लाखको विजनेस गरेको रिपोर्ट प्राप्त थियो । मल्टिप्लेक्स तथा सिंगल थियटरमा दर्शकले जातिय विभेद विरुद्धको यो फिल्मलाई साथ दिईरहेका छन् । निर्माता तथा अभिनेता यशकुमारले मल्टिप्लेक्समा शो समेत बढेको बताए । 
 
सुवर्ण थापा निर्देशित यो फिल्ममा यशकुमारसँगै बाबु बोगटी, दिलिप रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मी, रिमा विश्वकर्मा लगायत अभिनयमा छन् । यसैबीच बुधबार 'बाटो मुनिको फूल २' युनिटले बिग मुभिजमा 'विशेष शो'को आयोजना गरेको छ । जहाँ राजनीतिज्ञ तथा अन्य क्षेत्रसँग जोडिएका विशिष्ट व्याक्तित्वहरुले फिल्म हेर्नेछन् ।