मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

'प्रेमगीत' हिरोईनको ब्लक लिस्टमा निर्माता र अभिनेता !

फिल्मीखबर, काठमाडौं, 2016/04/26
फिल्म रिलिजपछि या रिलिजको छेकोमा निर्माण टिम अनि कलाकारहरुबीच वैमनस्यता आउने, विवाद पर्ने कुरा नेपाली फिल्म उद्योगको लागी नौलो होईन् । यो प्रकारको घटना समय समयमा आईरहँदा पछिल्लो रिलिज 'प्रेमगीत' टिममा पनि विवाद उत्पन्न भएको छ ।
 
त्यसो त गत माघ २९ रिलिज यो फिल्मका निर्माता सन्तोष सेन र लिड अभिनेता प्रदिप खड्का विदेश प्रदर्शनको क्रममा हङकङ, थाईल्याण्ड र सिंगापुर घुमिरहेका छन् । तर निर्देशक र अभिनेत्री पूजा शर्मा भने नेपालमै रहँदा पूजाले निर्माता र अभिनेतालाई फेसवुकबाट आउट गरेकी छिन् । 
 
थाईल्याण्डमा रहेका निर्माता सेनले आफ्नै हिरोईनले अनफ्रेण्ड गरेको खुलाए । भने प्रदिपले आफुलाई पूजाले ब्लक गरेको बताए । खै किन गर्नुभयो थाहा भएन्, राम्रै रहेको सम्बन्धलाई उहाँले आफै साईड लगाउँदै अघि बढ्नुभएको छ, सेनले फिल्मीखबरसँग भने । 
 
अभिनेतालाई मात्र लिएर सन्तोष विभिन्न देश घुमिरहँदा आफुलाई वास्ता नगरेको आक्रोस पूजाले फेसबुकमा ब्लक गरेर व्यक्त गरेको एक अनलाईनले लेखेको छ । त्यसो त निर्माण टिमभित्र तिक्तता आएको र निर्माता र अभिनेता एक क्याम्प अनि अभिनेत्री र निर्देशक अर्को क्याम्पमा रहेको खबर यसअघि नै मिडियामा आईसकेको थियो।
 
तर यो विषयमा पूजासँग बुझ्दा उनले आफुलाई विदेशजानु कुनै नौलो कुरा नभएको भन्दै विदेश नलगेकै निहुँमा फेसबुकबाट सन्तोष र प्रदिपलाई हटाएको कुरा स्विकार गरिनन् । फिल्मीखबरसँगको टेलिफोन संवादमा पूजाले आफुलाई गलत देखाउन केहि व्याक्तिहरु लागेर अनावश्यक प्रचारबाजी गरेको समेत आरोप लगाएकी छिन् ।
 
धेरै देशबाट 'प्रेमगीत' फिल्म लिएर तपाईं आउनपर्यो भन्ने प्रस्ताव आईरहेको छ, तपाईं नआए फिल्म नै हेर्दिन भन्ने सम्मको चेतावनी फ्यानहरुबाट पाएकी छु, पूजाले भनिन्, 'जान चाहे म जहाँ पनि जान सक्छु, कसैले गलत प्रचार गरेर मेरो व्याक्तिगत जीवनमा असर पर्छ भने त्यस्तोलाई छाड्ने पनि छैन् ।'