मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ १४ मा दिलकुमारको 'किन गरेँ माया', ट्रेलर रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/04/26
अभि फिल्मस् प्रोडक्शनको व्यानरमा बनेको फिल्म 'किन गरेँ माया' जेठ १४ मा रिलिज हुने भएको छ । निर्माण युनिटले फिल्मको प्रचार सामग्री सार्वजनिक गर्दै रिलिज मिति तय गरेको हो । 
 
दिलकुमार प्यासीको प्रस्तुतीमा बनेको यो फिल्मले प्रेम कथा बोल्छ । रमेश बोगटी निर्देशित फिल्ममा आयुष रेग्मी, सञ्जु शिलवाल, सरु घलान, हरिस तिमल्सिना, शुष्मा कार्की, रश्मी भट्ट लगायत अभिनयमा छन् ।
 
फिल्मको कथा पनि प्यासीको नै हो भने क्यामेरा दिव्य सुवेदी र निरज कंडेलले चलाएका छन् । यो फिल्ममा संगीत महेश खड्का र वसन्त सापकोटाको छ ।