Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ओराली लाग्यो 'फ्यान' विजनेस, लगानी उठाएर नाफा कमाउने मै शंका !

एजेन्सी, मुम्बई, 2016/04/19
बलिउड स्टार शाहरुख खान स्टारर फिल्म 'फ्यान'को बिजनेस ओरालो लागेको छ । आईतबार भारतमा पर्ने विदाको दिन १७ करोड ७५ लाख विजनेस गरको फिल्मले सोमबार जम्मा ६ करोड ५ लाखको विजनेस गरेको छ । 
 
दुई दिनको तुलनामा 'फ्यान' विजनेस झण्डै ११ करोड कम छ । रिलिजको दिन १९ करोड २० लाखको विजनेस गरेको फिल्म शनिवार घटेर १५ करोड ४० लाख भएको थियो । 
 
यो हिसाव हेर्दा फिल्मले १ हप्तामा १ सय करोड कमाउने संभावना अत्यन्तै कम छ । फिल्मले चार दिनमा जम्मा ५८ करोड ४० लाखको विजनेस गरेको छ ।
 
१ सय ५ करोडमा बनेको यो फिल्म धेरै नाफामा जाने मै चार दिने विजनेसले शंका उब्जाएको छ । फिल्मको विजनेसमा भारतमा मात्रै होईन् विश्वव्यापी रुपमै ड्रप आएको छ । 
 
स्टार र फ्यानवीचको आत्मियता अनि त्यसपछि उत्पन्न द्वन्द्वात्मक परिस्थितीलाई बोलेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन् ।
Most Visited News (monthly)