अभिनेता आर्यन सिग्देलको अहिलेसम्मकै फरक गेटअप अनि अभिनय समावेश फिल्म 'होमवर्क'को टिजर आउट भएको छ । युट्युवमा सार्वजनिक टिजरमा आर्यनलाई एक बृद्ध अबतारमा देखाईएको छ ।
वृद्ध अवस्थामा पनि पढाईप्रति लगाव राख्ने एक व्याक्तिको अबतारमा आर्यन प्रस्तुत छन् । फिल्मलाई सस्पेन्स कमेडी दर्जा दिईएको छ । 'होमवर्क'मा आर्यन र नम्रता श्रेष्ठ, गौरी मल्ल र विजय लामा लिड रोलमा छन् ।
निरक पौडेलको निर्देशन रहेको यो फिल्म गोपिकृष्ण मुभिजको व्यानरमा तयार भएको हो । फिल्मको निर्माताको रुपमा उद्धव पौडेल र निकिता पौडेल निर्मातको रुपमा छन् । फिल्म जेठ ७ मा रिलिज हुँदैछ । 'होमवर्क'मा आर्यन दोहोरो भुमिकामा छन् । जुन कुरा टिजरले नै प्रष्ट्याउँछ ।
हेर्नुहोस टिजरः

