दुर्गिस फिल्मस् को व्यानरले निर्माण गर्न लागेको हिट फिल्म 'सायद'को सिक्वेलमा 'ड्रिम्स' हिरोईन् साम्राज्ञलक्ष्मी शाहलाई लिड अभिनयमा लिन गरेको प्रयास अन्तत सफल भएन् ।
निर्माता सुनिल रावलले साम्राज्ञीलाई आफ्नो फिल्ममा लिनको लागी गरेको प्रयास पारिश्रमिकमा कुरा नमिलेपछि असफल भएको हो । उनले नगरेपछि उनको ठाउँमा 'ड्रिम्स'मा छोटो भुमिकामा देखिएर नै चर्चामा रहेकी सन्ध्या केसी खेल्ने चर्चा तियो । तर उनले पनि फिल्म छाडेपछि स्यारोन श्रेष्ठ अनुबन्धन भएकी छिन् ।
साम्राज्ञीले ५ लाख पारिश्रमिक मागेपछि निर्माण टिम त्यसको लागी तयार भएन । पहिलो फिल्मको अभिनयबाट नै निकै तारिफ बटुलेकी साम्राज्ञीलाई लिनको लागी धेरै निर्माता निर्देशनले आँखा लगाईरहेका छन् ।
त्यसो त 'सायद २' को लागी सुरुमा अभिनयमा रहने भनिएका आशिरमान श्रेष्ठ र अर्पणा उपाध्याय पनि बाहिरिईसकेको समाचार छ । यो फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गर्दैछन् । वर्कसप ट्रेनर भोलाराज सापकोटाको नजरमा फिट नभएपछि उल्लेखित कलाकारहरु बाहिरिएको श्रोत बताउँछ ।
यो फिल्म यहि बैशाख महिना भित्रै फ्लोरमा जाने बताईएको छ ।

