Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सबैका लागी 'हाउ फन्नी', दर्शक हँसाउन होला सफल ?

फिल्मीखबर, काठमाडौं, 2016/04/19
निलु डोमा शेर्पाको डेब्यू निर्देशन रहेको फिल्म 'हाउ फन्नी' यो शुक्रबार रिलिज हुँदैछ । प्रदर्शनको मिति नजिकिँदै गर्दा प्रचारलाई फिल्म युनिटले तिब्रता दिईरहेको छ ।
 
 
यो बीचमा फिल्मको सोमबार सेन्सर भयो । फिल्मलाई सेन्सर वोर्ड सदस्यहरुले हेरिसकेपछि सबै वर्गका दर्शकले हेर्न पाउनेगरी युनिभर्सल सर्टिफिकेट निर्देशकको हातमा थमाए ।
 
कमेडी फ्लेभरको यो फिल्म स्टार कास्टले भरिपुर्ण छ । फिल्मले हलमा दर्शकलाई हँसाउने अनि पुर्ण मनोरञ्जन दिने निर्देशक निलुले बताईन् । सेन्सरमा फिल्मको कुनै पनि दृश्य तथा संवाद काँटछाँट नभएको निलुको भनाई छ ।
 
 
मल्टिप्लेक्स र सिंगल स्कृनमा एकसाथ प्रदर्शन हुने फिल्म दर्शकले मन पराउने आशा निर्माण टिमको छ ।
 
पुर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो फिल्ममा प्रियंका कार्की, दयाहाङ राई, निशा अधिकारी, केकी अधिकारी, अनुपबिक्रम शाही लगायत अभिनयमा छन् ।
Most Visited News (monthly)