Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१३ चलचित्रकर्मीलाई सरकारबाट विशिष्ट परिचयपत्र प्रदान

फिल्मीखबर, काठमाडौं, 2016/04/18
बरिष्ठता र फिल्म क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै लचचित्र विकास वोर्डको पहलमा नेपाल सरकारले १३ फिल्मकर्मीलाई 'चलचित्रकर्मी परिचयपत्र' प्रदान गरेको छ । सोमबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सञ्चार मन्त्री सेरधन राईले वरिष्ठताको आधारमा १३ फिल्मकर्मीलाई परिचयपत्र हस्तान्तरण गरे । 
 
 
रातो परिचयपत्र भनिएको विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्नेहरुमा कलाकर्मीहरुमा नीर शाह, हरिप्रसाद रिमाल, यादव खरेल, भुवन चन्द, बसुन्धरा भुषाल, चेतन कार्की, किरण खरेल, लक्ष्मीनाथ शर्मा, सुभद्रा अधिकारी, सकुन्तला गुरुङ शर्मा, उद्धव पौडेल, मञ्जुकुमार श्रेष्ठ र गेहेन्द्रप्रसाद धिमाल छन् । 
 
 
कार्यक्रममा बोल्दै सञ्चारमन्त्रालयका सचिव दिनेश थपलियाले विशिष्ट श्रेणीमा प्रदान गरिएको परिचयपत्रलाई पहिलो चरणको भन्दै अर्को चरणमा निलो परिचयपत्र अन्तर्गत वरिष्ट परिचयपत्र र त्यसपश्चात हरियो अन्तर्गत सामान्य चलचित्रकर्मी परिचयपत्र समेत वितरण गरिने बताए । 
 
 
विशिष्ट श्रेणीको लागी समयावधी नतोकिएपनि अन्य परिचयपत्रको लागी भने निश्चित समयावधी तोकिनेछ । त्यस्तै सचिव थपलियाले नाममा मात्र सिमित फिल्म उद्योगलाई सञ्चार मन्त्रीको तर्फबाट मन्त्रिपरिषदको वैठकमा प्रस्ताव लैजादैं आधिकारिक रुपमा सेवामुलक मनोरञ्जनको उधोगको रुपमा स्थापित गराउने अबको पहिलो प्राथमिकता रहने बताए ।
 
कार्यक्रममा फिल्म उद्योगमा वरिष्ठ व्याक्तित्वहरुको उपस्थिती थियो । यसअघि सेलिब्रेटी कार्ड वितरण गरिने हल्लाका बीच विवादमा तानिएको परिचयपत्रको विषय चलचित्रकर्मी परिचयपत्रको नाममा वितरण भएपछि त्यो विवाद पनि साम्य हुने अनुमान छ ।
तश्विरः उत्सव रसाईली
 
Most Visited News (monthly)