रणविर कपुर र कट्रिना कैफको ब्रेकअप हल्ला नयाँ रहेन् । दुई महिना पहिलेदेखि मिडियामा यो विषयले अनेक रुप लिँदै चर्चा पाईरहेको छ । यो बीचमा नयाँ कुरा आएको छ कि, कट्रिना पुनः रणविरसँग सम्बन्ध बढाउन चाहन्छिन् ।
बलिउडको एक प्रतिष्ठित अनलाईनले लेखेको समाचार अनुसार केहि दिन पहिले एउटै पार्टीमा सहभागी भएका कट्रिना र रणविरको जम्काभेट भएको थियो ।
सोहि समयमा कट्रिनाले रणविरलाई सम्बन्धमा दोश्रो अबसर दिन आग्रह गरेकी थिईन्, जुन कुरा रणविरले सिधा ईन्कार गरेको बताईन्छ । रणविरको जवाफपछि कट्रिना अक्कबक्क भएको बताईएको छ ।
त्यसो त कपुर परिवारको ह्वाट्सअप च्याटबाट समेत कट्रिना आउट भएको खबर यसअघि नै आईसकेको छ । तर वलिउडमा ब्रेकअप र प्याचअपको कुरा नौलो नरहँदा यो जोडी पुनः बाधिँन पनि सक्ने अनुमान छ ।

