फिल्म 'गाँठो'को अफिसियल टिजर बाहिरिएको छ । भदौ २४ रिलिज यो फिल्मको सार्वजनिक टिजरमा डायलग समावेश छैन् । जहाँ संगीतलाई प्राथमिकता दिईएको छ भने कलाकारलाई पनि नजिकबाट चिनाईएको छैन् ।
यसअघि 'मौन' फिल्म बनाएका तथा पछिल्लो पटक 'होस्टेल रिटर्न्स' फिल्ममा एक्शन कट गरेका निर्देशक सुरज भुषालले यो फिल्म बनाएका हुन् । उनी फिल्मका निर्माता पनि हुन् ।
सुरजसँगै तिलकबहादुर क्षेत्रीको समेत लगानी समावेश फिल्ममा नयाँ अनुहार नम्रता श्रेष्ठ सँगै नाजिर हुसैन, अभय बराल लिड रोलमा छन् । फिल्म बटवाल ईन्टरटेन्मेन्टको व्यानरमा तयार भएको हो ।
हेर्नुहोस टिजरः

