Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

ट्रेलरले खुलायो सृष्टि र अनमोलको उमेर अन्तर प्रेम रहस्य

फिल्मीखबर, काठमाडौं, 2016/04/14
केहि दिन पहिले 'गाजलु' फिल्मको गीत रिलिज हुँदा सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बन्यो, लिड कलाकार सृष्टि श्रेष्ठ र अनमोल केसीको उमेर अन्तरको बारेमा । 
 
 
 
कतिले त 'आमा र छोरा'को लभ भनेर पनि व्यङ्ग्य गरे । तर बिहिबार सार्वजनिक ट्रेलरले यो कुरालाई अन्त्य गरेको छ ।
 
देवीको रुपमा लिईने नेवारी समुदायको कुमारी प्रथाको कथा उठान गरेको यो फिल्मले उठाएको विषय र त्यसलाई न्याय गर्नकै लागी सृष्टि र अनमोल फिट भएको ट्रेलरबाट पनि खुलेको छ ।
 
 
देवी मानिने कुमारीको यथार्थ जीवन  कथा बोलेको यो फिल्ममा सृष्टि कुमारी बनेकी छिन्, फिल्मले उनको जीवन संघर्षको कथा बोलेको छ, यतिकुरा ट्रेलरबाट प्रष्ट हुन्छ । जहाँ सृष्टि र अनमोलबीचको प्रेम समेत जोडिएको छ ।
 
यस्तै निर्देशक हेमराज बिसीले पनि कथाको माग अनुसार नै सृष्टि र अनमोलको क्यामेष्ट्री जोडिएको भन्दै उमेर अन्तर र प्रेमको गलत चर्चा आवश्यक नरहेको बताए ।  रोहित अधिकारीको निर्देशन तथा हेमराज बिसीको निर्देशनमा बनेको यो फिल्म आउँदो जेठ २८ मा रिलिज हुँदैछ ।
 
Most Visited News (monthly)