Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

'किस्मत २' अफिसियल पोस्टर रिलिज

फिल्मीखबर, काठमाडौं, 2016/04/14
केहि दिन पहिले असोज २१ लाई प्रदर्शनको मिति तय गरेका निर्माता छबिराज ओझाले फिल्म 'किस्मत २'को अफिसियल पोस्टर रिलिज गरेका छन् । नयाँ बर्षको छेकोमा उनले पोस्टर सामाजिक सञ्जालबाट सार्वजनिक गरे । 
 
पोस्टरमा लिड कलाकार शिल्पा पोखरेल, किशोर खतिवडा र पृथ्वीराजलाई देख्न सकिन्छ । पोस्टर हेर्दा छबिराजका पछिल्ला फिल्महरुकै छनक पाईन्छ । फिल्ममा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।
 
ऋषि लामिछाने निर्देशित फिल्ममा निर्माताको रुपमा दिजेन्द्र शाक्य छन् । हिट फिल्म 'किस्मत'को सिक्वेल म्युजिकल रुपमा सशक्त भनिएपनि हालसम्म गीत रिलिज गरिएको छैन् । 
 
उज्जल घिमिरे निर्देशित तथा रेखा थापा, आर्यन सिग्देल र विराज भट्ट अभिनित 'किस्मत' वक्सअफिसमा हिट लिस्टमा छ ।
Most Visited News (monthly)