Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.00/5.00)
Text size:-
+
-

नयाँ बर्षमा अनमोलको उपहार, 'गाजलु' ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/14
युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर फिल्म 'गाजलु'को ट्रेलर रिलिज भएको छ । हेमराज बिसी निर्देशित फिल्मको सार्वजनिक ट्रेलर मसलेदार छ । 
 
 
राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रेम, रोदन तथा सामाजिक कथाको समिश्रण सहितको ट्रेलर सार्वजनिक गरियो । कार्यक्रममा निर्माता रोहित अधिकारी तथा निर्देशक हेमराज बिसी जेठ २८ रिलिज फिल्मबाट राम्रै आशावादी देखिए । 
 
बर्षौं पहिले नेवारी समुदायमा रहेको कुमारी प्रथाको कथालाई फिल्ममा उठान गरिएको निर्देशक हेमराज बिसीले बताए । कुनै फेस्टिभलको लागी नभई 'गाजलु' कमर्सियल फिल्म रहेको बोलेका निर्देशक बिसीले दर्शकको चाहना र भावना बोल्ने फिल्म बनेको पनि दाबी गरे । फिल्मको स्टोरी अनुसार नै ट्रेलर तयार पारेको उनको भनाइ छ ।
 
त्यस्तै निर्माता रोहितले चित्तबुझ्दो स्कृप्ट पाएकै कारण फिल्ममा करोड बढि लगानी गरेको बताए । अनमोलले दर्शकलाई नयाँ बर्ष २०७३ को उपहार स्वरुप दर्शकलाई ट्रेलर उपहार छाडेको बताए । यो फिल्म अनमोल र हेमराज सँगसँगै हुनु अनि पुर्व मिस नेपाल सृष्टि जोडिएकै कारण पनि चर्चामा छ । 
 
फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, मेनका प्रधान, सलोन बस्नेत, गौरी मल्ल, विश्व बस्नेत लगायत लिड रोलमा छन् ।
 
ट्रेलर हेर्नुहोसः
 
Most Visited News (monthly)