Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झन् झन् जंगिदै छ `जंगे` (ओेसटी रिलिज)

फिल्मीखबर, काठमाण्डौ, 2016/04/12
बर्षमा थुप्रै फिल्म बन्छन् । रिलिज पनि उत्तिकै मात्रामा हुन्छन् । चर्चा र सफलता भने थोरैले मात्र पाउँछन् । नयाँँ बर्षको शुरूवातमा रिलिज हुन लागेको फिल्म 'जंगे' पनि चर्चा पाउने र पर्खाईमा रहेको फिल्म हो । 

आउँदो बैशाख १७ गते रिलिज हुन लागेको फिल्म 'जंगे'को ट्रेलरले दर्शकलाई प्रतिक्षित बनाईसकेको छ । भर्खरै मात्र रिलिज भएको उक्त फिल्मको ओसटी गीतले 'जंगे'को प्रचारलाई झन् जंगाएको छ । 
 
मानष राजको शब्दमा अल्मोदा उप्रेतीको संगीत तथा स्वर रहेको प्रस्तुत सार्वजनिक शिर्ष गीतमा मुख्य पात्रहरूको चरित्रलाई प्रस्तुत गरिएको छ । म्युजिकल प्रोमोको हिसाबमा तयार पारीएको उक्त भिडियोले फिल्मको हेर्ने उत्सुकता थप बलियो बनाएको छ । 
 
राजनीतिक थ्रिलर जनरा भनिएको फिल्मलाई नेपालसँगै अष्ट्रेलिया, अमेरिका, युके, बेल्जियम लगायतका शहरहरुमा समेत प्रदर्शनको तयारी भईरहेको अष्ट्रेलियामा रहेका निर्माता तथा छायाँकार सुसन प्रजापतिले बताए ।
 
उत्कल थापाले निर्देशन गरेको फिल्ममा पटकथा तथा संवाद सुवास कोईराला र एमएस अग्रजले लेखेका हुन् । 'जंगे'मा सुरजसिंह ठकुरी, ऋचा शर्मा, अनुप बराल, दीपशिखा शाही, नरेश पौडेल, सुशांक मैनाली, प्रदिप ढकाल, सुशिलराज पाण्डे, जोएस पाण्डे, लगायतको अभिनय छ ।
 
 
'जंगे'को बारेमा कलाकारले के-के भने त ? भिडियोमा हेर्नुस् 

Most Visited News (monthly)