Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

उदितनारायणलाई भारतको प्रतिष्ठित 'पद्मभुषण सम्मान'

एजेन्सी, मुम्बई, 2016/04/12
नेपाली मुलका बलिउड गायक उदितनारायण झाले मंगलबार भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट पद्म भूषण पुरस्कार पाएका छन् । 
 
नेपाली तथा भारतका दर्जनौं गीतमा स्वर भरेका उदितको योगदानको कदर गर्दै भारत सरकारले भारतको प्रतिष्ठित सम्मान दिएको हो । 
 
गीत संगीतको दुनियाँमा अतुलनिय योगदान पुर्याएकोमा त्यसैको कदर स्वरुप उक्त सम्मान उदितलाई प्रदान गरिएको भारत सरकारले बताईएको छ । 
 
उदित पछिल्लो तीन दशकदेखि संगीत क्षेत्रको एउटा महत्वपूर्ण हिस्सा बनिरहेका छन् । उनले पुरस्कार समारोहमा कालो रंगको सुट लगाएका थिए भने पुरस्कार पाएपछि राष्ट्रपतिको खुट्टा छोएको भारतिय मिडियाले लेखेका छन् । उदितका 'परदेसी परदेसी', 'पापा केहते है', 'ताल से ताल मिला'  जस्ता दर्जनौं गीत प्रख्यात छन् । 
 
मुम्बई बस्दै आएका उदित समय समयमा नेपालमा आउने गर्छन् भने नेपाली फिल्ममा उनको स्वर समावेश गर्न ईच्छुक फिल्मकर्मीले मुम्बई नै पुगेर उनको स्वरमा गीत रेकर्ड गर्दै पनि आएका छन् । 
Most Visited News (monthly)