बलिउड सुपरस्टार सलमान खानको प्रतिच्छित फिल्म 'सुल्तान'को टिजर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक टिजरमा सलमानलाई आक्रामक कुस्ति खेलाडीको रुपमा देख्न सकिन्छ ।
हरियाणाको तर्फबाट सलमान सुल्तानको नाममा कुस्ति खेलाडीको रुपमा टिजरमा प्रस्तुत छन् । ईद रिलिज भनिएको यो फिल्मलाई लिएर सलमानका फ्यानहरु उत्साहित छन् ।
सुल्तान अलि खानको बायोपिक फिल्म यशराज फिल्मस् को व्यानरमा बनेको हो । 'सुल्तान'लाई अलि अब्बर जफारले निर्देशन गरेका छन् । आदित्य चोपरा फिल्मका निर्माता हुन् ।
हेर्नुहोस टिजरः

