Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

करोड क्लबमा 'नाई नभन्नु ल ४'

फिल्मीखबर, काठमाडौं, 2016/04/11
रिलिजको दिनबाट नै आक्रामक बिजनेस गरेको विकासराज आचार्य निर्देसित फिल्म 'नाई नभन्नु ल ४' करोड क्लबमा प्रवेश गरेको छ । राजधानी तथा मोफसलका करिब ६० पर्दामा एकसाथ प्रदर्शनमा आएको यो फिल्मले तीन दिनमा १ करोड ग्रस आँकडा पार गरेको हो । 
 
सिंगल थिएटरमा शुक्रबार र शनिबार हाउसफुल बिजनेस गरेको फिल्म मल्टिप्लेक्समा पनि रुचाईएको छ । पहिलो दुई दिनमा फिल्मले राजधानीमा मात्रै ४० लाखको बिजनेस गरेको थियो । मोफसलको वितरण जिम्मा लिएको एफडी कम्पनिले सुरुमा यकिन विजनेस विवरण दिन मानेको थिएन् । 
 
अन्ततः 'नाई नभन्नु ल' को चौथो सिक्वेल तीन दिनमा करोड क्लबमा प्रवेश गरेको पुष्टि वितरण टिमले गरेको छ । फिल्मको सोमबारको अकुपेन्सी पनि राम्रो छ । प्रेम, रोदन र द्वन्द्वको समिश्रण यो फिल्ममा पल शाह, सरोज खनाल, अनुभव रेग्मी, बर्षा राउत, प्रियंका कार्की लगायत लिड रोलमा छन् । 
 
नयाँ बर्षको छेकोमा फिल्मले झनै आक्रामक विजनेस गर्ने निश्चित छ । फिल्म सिंगल थिएटरमा अझ बढि मन पराईएको छ । यसैबीच यो फिल्मसँगै प्रदर्शनमा आएको फिल्म 'रामप्यारी'ले पनि राम्रो विजनेस गरेको जानकारीमा छ ।
Most Visited News (monthly)