Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किर्तिमानी दौडमा 'गाजलु' गीत, जम्यो अनमोल र सृष्टिको क्यामेष्ट्री

फिल्मीखबर, काठमाडौं, 2016/04/11
जेठ २८ लाई प्रदर्शनको मिति तय गरेर प्रचार सुरु गरेको फिल्म 'गाजलु'को दुई दिन पहिले रिलिज गीत भाईरल बनेको छ । युट्युव रिलिजको ४० घण्टा पुग्दैगर्दा युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ फिचरिङमा रहेको 'तिमी आयौ' बोलको गीत १ लाख १० हजार बराबरले हेरेका छन् । 
 
 
कुनै पनि फिल्मको ट्रेलरले यो प्रकारको भिजिटर पाउने गरेको भएपनि फिल्मको गीत रिलिजको छोटो समयमा यतिको हिट सायदै हुनेगर्छ । यसअघि गत बर्ष रिलिज फिल्म 'रेशम फिलिली'को 'जालमा' बोलको गीत पनि यसरी नै भाईरल बनेको थियो । 
 
युट्युवमा यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिए पनि आशा गरे अनुसारको अझै नबनेको प्रतिक्रिया पनि धेरैको छ । तर निर्माता रोहित अधिकारीले फिल्मको कथा सुहाउँदो गीत बनाएको बताए । अनमोल र सृष्टि भएकै कारण फिल्मको गीतमा दर्शकको चासो बढेको अनुमान लगाउन सकिन्छ ।
 
हेमराज बिसी निर्देशित फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, मेनका प्रधान, सलोन बस्नेत, विश्व बस्नेत लगायत लगायत अभिनयमा छन् । निर्माण टिमले केहि दिनपछि नै फिल्मको ट्रेलर पनि सार्वजनिक गर्ने बताएको छ ।
Most Visited News (monthly)