यदी अहिलेसम्मको परिवेश अनि घटनालाई नियाल्ने हो भने आउँदो ईद मा बलिउडमा अहिलेसम्मकै सबैभन्दा ठुलो भिडन्त हुँदैछ । बलिउड बक्सअफिसका दुई बादशाह सलमान खानको 'सुल्तान' र शाहरुख खानको 'रईज' ।
ईद पर्व आउन करिब ३ महिना बाँकी रहँदा शाहरुखले प्रतिस्पर्धी स्टार सलमानको फिल्मसँगको भिडन्तको बारेमा पहिलो प्रतिक्रिया दिएका छन् । रिलिजको क्रममा रहेको फिल्म 'फ्यान'को प्रचारको क्रममा मिडियाले सोधेको प्रश्नमा शाहरुखले आफुहरुको फिल्म भिड्ने पक्का नभएको जिकिर गरे ।
अहिलेसम्म चर्चित दुई फिल्म भिड्ने फाईनल नभएको भन्दै शाहरुखले आफु सलमानसँग बसेर सल्लाह गरेर यो बारेमा निचोड निकाल्ने बताए । सलमानको फिल्मको भने आउँदो बिहिबार टिजर सार्वजनिक हुँदैछ । यो विषयमा सलमानले कुनै प्रतिक्रिया दिएका छैनन् ।

