शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्मलको सुरुवाती विजनेसमा राम्रो पाईएको छ । फिल्मीखबरले दुबै फिल्मका वितरकहरुसँगको कुराकानी र हल सञ्चालकहरु बाट प्राप्त गरेको रिपोर्ट अनुसार दुबै फिल्मको व्यापार नयाँ बर्षको छेकोमा पछिल्ला बर्ष रिलिजको भन्दा राम्रो पाईएको हो ।

विकासराज आचार्यको निर्देशन रहेको 'नाई नभन्नु ल ४' का काठमाडौं वितरक सुनिल मानन्धरले दिएको जानकारी अनुसार यो फिल्मले पहिलो दिन राजधानीमा ११लाखको बिजनेश गरेको छ । भने दोश्रो दिन २७ लाख बराबरको विजनेस गरेको छ । फिल्म राजधानीका सिंगल थियटरमा शनिवार दिनभर हाउसफुलका साथ चलेको थियो ।
त्यस्तै सविर श्रेष्ठ निर्देशित फिल्म 'रामप्यारी'मा पहिलो दिन दर्शकको उल्लेख्य साथ मिल्यो फिल्मले शुक्रबार १२ लाखको विजनेस गरेको र शनिबार २० लाख बराबरको बिजनेस गरेको वितरक गोपाल कायस्थले बताए ।
दुबै फिल्मक वितरकहरुबाट प्राप्त रिपोर्टलाई आधिकारिक मान्दैगर्दा 'रामप्यारी'ले भन्दा 'नाई नभन्नु ल ४' ले दुई दिनमा ६ लाख बढिको बिजनेस गरेको छ । जसमा मल्टिप्लेक्स (क्युएफएक्स) हलमा प्राप्त शो फिल्मको विजनेसमा कारक बनेको छ ।
रेखा थापा, आभाष अधिकारी र आश्मा डिसी स्टारर 'रामप्यारी' राजधानीका १३ हलमा प्रदर्शनरत छ भने 'नाई नभन्नु ल ४' १५ हलमा लागिरहेको छ । जहाँ मल्टिप्लेक्समा मात्रै पल शाह, बर्षा राउत, अनुभव रेग्मी लगायतको अभिनय रहेको फिल्मले ७ शो पाएको छ ।
यसैबीच दुबै फिल्मलाई मोफसलमा प्रदर्शनको जिम्मा लिएको एफडी कम्पनिले दुबै फिल्मको आधिकारिक विजनेस रिपोर्ट सार्वजनिक गरेको छैन । फिल्मीखबरसँगको टेलिफोन संवादमा एफडी कम्पनिका एक प्रतिनिधीले मोफसलका सिंगल थिएटरमा रेखा थापा स्टारर 'रामप्यारी' केहि माथी देखिएको बताए । तर दुबै फिल्म आफ्ना हुँदै गर्दा एकलाई माथी र अर्को लाई तल बनाउन नमिल्ने जिकिर गर्दै विजनेस सार्वजनिक नगरिएको उनले बताएका छन् ।
सुरुवाती विजनेसलाई आधार मान्ने हो भने नयाँ बर्षको आसपासमा मंगलबार पछि दुबै फिल्मको विजनेस उच्च हुने देखिन्छ ।

