गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन । नेपालको लुम्बिनीमा जन्मेका गौतम बुद्धलाई भारतले बेला बेला आफ्नो देशमा जन्मेको दाबी गर्दै आईरहेको हुन्छ । यही दाबीलाई मेटाउदै गौतम बुद्ध नेपालमै जन्मेका हुन् भन्ने विश्वव्यापी सन्देश दिन फिल्म निर्माण गरिएको छ ।
अभिनेता रमित ढुंगानाले निर्माण गरेको 'बुद्ध बर्न इन नेपाल' आउँदो जेठ ७ गते रिलिज हुँदैछ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्मले गौतम बुद्ध नेपालमा जन्मेको सन्देश दिनुको साथै राष्ट्रियताको बिषयमा पनि वकालत गर्ने निर्माता तथा अभिनेता ढुंगाना बताउँछन् ।
लामो समय फिल्मका पर्दामा नदेखिएका रमितले कस्तो फिल्म बनाएका छन् त ? एक्सन हिरोले किन यस्तो गम्भिर बिषयलाई उठान गरे त ? सरकारले कसरी हेर्दै छ यो फिल्मलाई ? यि यस्तै बिषयमा आधारित रहेर रमितले फिल्मीखबरसमक्ष आफ्नो भनाई राखेका छन् ।
भिडियोमा हेर्नुस् रमितसँग फिल्मीखबरका प्रतिनिधी बैकुण्ठराज पराजुलीले गरेको बिशेष अर्न्तवार्ता ।

