Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.33/5.00)
Text size:-
+
-

हलमा देखियो रेखाको स्टारडम, 'रामप्यारी'को आक्रामक सुरुवात

फिल्मीखबर, काठमाडौं, 2016/04/08
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'रामप्यारी'ले आक्रामक सुरुवात गरेको छ । दर्शक तथा शुभचिन्तकहरुबाट सुपरस्टारको दर्जा पाएकी रेखाको फिल्म हेर्न हल-हलमा दर्शकको संख्या उल्लेख्य देखियो भने दर्शकले रेखालाई उचाले अनि सेल्फी खिचे । 
 
 
शुक्रबार फिल्मीखबर संवाददाता राजधानीको गोपिकृष्ण हलमा पुग्दा रेखा थापा पनि देखिईन् । जहाँ दृश्य यस्तो बन्यो कि, रेखा थापाको स्टार पावरको अघि धेरैको केहि लाग्दैन् कि ? प्राप्त दृश्य यस्तै बोल्छ ।
 
 
(म्याटोनी शो) अन्तर्गत मध्यान्हको शो हेरेर निस्केका दर्शकले रेखालाई उचाले, घेरे, सेल्फी खिचे अनि 'रामप्यारी' रक्सको नारा लगाए । केहि बेर रेखा रेखाको नाराले गोपिकृष्ण प्राङ्गण गुञ्जाएमान बनेको थियो ।
 
 
संभवतः नेपालका कुनै पनि हिरोईनलाई दर्शकले उचालेको यो पहिलो पटक हो । रेखालाई घेर्ने अनि माया गर्नेमा बालकदेखी बृद्धसम्मका सबै दर्शक देखिन्थे ।
 
 काठमाडौं सहित मोफसलका अधिकांश सिंगल थिएटरमा रेखाको पावर चलेको छ । औसतमा यो समाचार तयार पार्दासम्मको फिल्म 'रामप्यारी'को शुक्रबारको अकुपेन्सी ९० प्रतिशत माथी छ । फिल्मीखबरसँगको छोटो संवादमा रेखा निकै खुशी देखिईन् ।
 
'दर्शकको माया र साथले नै म रेखा थापा बनेकी हुँ, 'रामप्यारी'मा पाएको साथ सधैं कायम हुनेमा आशावादी छु', रेखा गुञ्जिईन् । रेखाले 'रामप्यारी' दर्शकले खोजेको अनि रोजेको फिल्म बनेको पनि दाबी गरिन् । सबिर श्रेष्ठ निर्देशित फिल्ममा रेखासँगै आभाष अधिकारी र आश्मा डिसी लिड रोलमा छन् । 
 
यसैबीच यो शुक्रबार नै प्रदर्शनमा आएको फिल्म 'नाई नभन्नु ल ४' ले पनि राम्रो सुरुवात गरेको छ ।
 
 
Most Visited News (monthly)