फ्राईडे रिलिज अन्तर्गत यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । निकै चर्चा र तामझामका बीच 'नाई नभन्नु ल ४' र ''रामप्यारी' दुई फिल्म दर्शकमाझ आएका छन् ।

विकासराज आचार्य निर्देशित 'नाई नभन्नु ल' को चौथो सिक्वेल ब्राण्ड नाम कै कारण चर्चामा छ । यो फिल्ममा म्युजिक भिडियोमा खारिएका पल शाह, बर्षा राउतसँगै चर्चित अभिनेत्री प्रियंका कार्की, अनुभव रेग्मी, आँचल शर्मा, सरोज खनाल लगायत अभिनयमा छन् । फिल्म सिंगल थियटरसँगै मल्टिप्लेक्स दर्शकको लागी बढि प्राथमिकता हुनेछ ।
त्यस्तै स्टार अभिनेत्री रेखा थापाको निर्माण तथा सबिर श्रेष्ठको निर्देशन रहेको 'रामप्यारी' ५५ बढि पर्दामा एकसाथ रिलिज भएको छ । रेखासँगै आभाष अदिकारी, आश्मा डिसीको मुख्य भुमिका रहेको फिल्मले टेम्पो चलाएर सामान्य जीवनयापन गरिरहेकी एक महिला टेम्पो ड्राईभरको कथा बोल्छ ।
नयाँ बर्ष २०७३को छेकोमा प्रदर्शनमा आएका दुबै फिल्म दर्शकक रोजाईमा पर्ने अनुमान फिल्म पण्डितहरुको छ । रेखा थापाको नाम जोडिनु नै कुनै पनि फिल्म सफलताको पहिलो हतियार बनेका उदाहरण अनि 'नाई नभनन् ल'को ब्राण्ड भ्यालुले दुबै फिल्ममा दर्शक तान्ने सामर्थ्य रहेको बिश्लेनण गरिएको छ ।

