Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`स्क्याण्डल मन पर्दैन` : रेखा भन्छिन्, 'रामप्यारी राष्ट्रपतिले पनि हेर्नुपर्छ` (भिडियोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2016/04/07
रेखा थापा र स्क्याण्डल पर्यावाची नै हो भन्दा फरक पर्दैन । जब रेखाको समाचार बन्छ तब कुनै न कुनै स्क्याण्डल जोडीएर आएको हुन्छ । उनको फिल्म प्रदर्शनका बेला भने यस्ता समाचारको बर्षा हुन्छ । फिल्म चलाउन रेखाले जस्तो फन्डा कसैले जानेको छैन पनि भन्ने गर्थे फिल्मकर्मी । 
 
यसपटक भने रेखा बिना स्क्याण्डल फिल्म लिएर मैदानमा उत्रेकी छिन् । धेरैलाई अचम्म बनाएको छ । रेखाले अझ अचम्म यो बेला पारिन् जब उनले फिल्मीखबरसँगको अर्न्तवार्तामा भनिन्, 'गड प्रमिश, मलाई स्क्याण्डल मन पर्दैन।' के अब रेखालाई स्क्याण्डल मन पर्न छोडेकै हो त ? 
 
उनले आफ्नो फिल्म चलाऊन यसपटक कुनै 'प्रोपोकाण्डा' निकालेकी छैनन् । सिधा हिसाबले कन्फिडेन्टका साथ फिल्म रिलिज गर्दै छिन् । यही शुक्रबारबाट फिल्म 'रामप्यारी' चल्दै छ । 'नाईं नभन्नु ल ४'सँग भिड्न लागेको यो फिल्मको बारेमा रेखाले निकै रोचक कुरा फिल्मीखबरसमक्ष शेयर गरेकी छिन् । 
 
रामप्यारी किन बन्यो ? राष्ट्रपतिले पनि हेर्नुपर्ने भनेकी रेखाले फिल्म भित्र के बिशेषता छ त ? उनले ल्याएको नयाँँ हिरो के भन्छन् फिल्म र रेखाको बारेमा ? यि यस्तै थुप्रै प्रश्नको उत्तर तल प्रस्तुत गरिएको भिडियोले दिनेछ । एकपटक हेर्न समय निकाल्नुहोला ।    
 

Most Visited News (monthly)