बैशाख १७ मा नेपाली मल्टिप्लेक्समा रोमाञ्चक भिडन्त हुँदैछ, दुई एक्शन फिल्मबीच । तर यो भिडन्तको रोचक पाटो भनेको बलिउड फिल्म भर्सेज नेपाली फिल्मबीचको हो । नेपाली 'जंगे' र वलिउडको 'बाघी' ।
सार्वजनिक ट्रेलरले 'बाघी'को चर्चा चुलिँदो छ । बलिउड मात्र हैन् नेपालमा पनि यो फिल्म पर्खिने दर्शक धेरैछन् । तर उत्कल थापा निर्देशित नेपाली फिल्म 'जंगे'को ट्रेलरलाई पनि कम आँकलन गरिएको छैन् ।
केहि हप्ता पहिले राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएक ट्रेलरले पनि फिल्मको हाईप उच्च बनाएको छ । करिब सवा लाखले अहिलेसम्म हेरेको ट्रेलरमा धेरैले राम्रो प्रतिक्रिया बोलेका छन् ।
त्यसैले पनि प्रायः समय नेपाली भन्दा बलिउडका फिल्मलाई शो मा प्राथमिकता दिने नेपाली मल्टिप्लेक्स हल सञ्चालकहरुको लागी शो बाँड्नु फलामको चिउरा चपाउनु सरह हुनसक्छ । त्यसो त ईनिसियल बिजनेसलाई छाड्ने हो भने, त्यसपछिको 'पिकअप' भनेको फिल्म कस्तो छ भन्नेमा भर पर्छ ।
त्यसो त पछिल्ला उदाहरण हेर्ने हो भने केहि नेपाली फिल्मले बलिउडको फिल्मलाई धकेलेको उदाहरण छ । 'ड्रिम्स' ले जय गंगाजललाई शो मा जितेजस्ता उदाहरण अघिल्ला बर्षहरुमा पनि छन् । तर ठुला नाम चलेका स्टार नहुँदा पनि फिल्म राम्रो बनेको खण्डमा 'बाघी'लाई राम्रो चुनौती 'जंगे' हुनसक्नेमा शंका छैन् ।
सबिर खानको 'बाघी'मा टाईगर श्राफ र श्रद्धा कपुर लिड रोलमा छन् भने 'जंगे'मा सुरजसिंह ठकुरी, ऋचा शर्मा, शिखा शाहि लगायत लिड रोलमा छन् ।
अन्य नेपाली फिल्मले धकेलेको जसरी 'बाघी'लाई शो मा उछिन्न 'जंगे' सफल हुन्छ या हुँदैन् त्यो त पछि नै थाहा होला, तर फिल्मको सुरुवाती हाईपलाई स्थान दिँदै नेपाली फिल्मलाई मल्टिप्लेक्स हल सञ्चालकहरुले प्राथमिकता दिन्छन् या दिँदैनन् त्यो भने हेर्न लायक हुनेछ ।

