फिल्म 'प्रेमगीत'ले सफलताका साथ प्रदर्शनको ५१ औं दिन मनाएको छ । बुधबार राजधानीमा आयोजितत सफलता साँझमा स्टार अभिनेत्री रेखा थापाको सरप्राईज गिफ्टले धेरैको नजर तान्यो ।

रेखाले सन्तोष सेन निर्मिति तथा सुदर्शन थापा निर्देशित फिल्मको सफलतामा बधाई दिँदै सरप्राईज 'केक' पठाएकी थिईन् । उनी आफै उपस्थित भने नभएको कार्यक्रममा रेखाले गिफ्ट पठाएको केक निर्माता सेन, निर्देशक थापा र लिड अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा काटे ।
रेखा गिफ्टेड 'केक'मा 'प्रेमगीत' टिमलाई बधाईसँगै 'रामप्यारी' चैत्र २६ लेखिएको थियो । जुन गिफ्ट दर्जनौं सहभागी समारोहमा रेखाको यो शुक्रबार रिलिज फिल्म 'रामप्यारी'को प्रचारको गतिलो हतियार पनि बन्यो ।
पछिल्लो समय ५१ औं दिन मनाउने फिल्म कम भएको भन्दै 'प्रेमगीत'को सफलतामा खुशी साट्न र यो प्रकारका राम्रा फिल्म निर्माणको लागी उर्जा थप्नको लागी केक 'गिफ्ट' गरेको रेखाको कथन छ ।
फ्यान तथा शुभचिन्तकहरुबाट सुपरस्टारको 'ट्याग' पाएकी रेखाको 'रामप्यारी' को हाईप उच्च छ । भोलीबाट प्रदर्शनमा आउने उनको फिल्मले सफलताको सिढी चुम्ने पनि धेरैको ठम्याई छ ।

